Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026

सशस्त्रका डीआईजी श्रेष्ठको पदावधि थप सम्बन्धमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

१३ साउन, काठमाडौँ – सर्वोच्च अदालतको संयुक्त इजलासले सशस्त्र प्रहरीका नायब महानिरीक्षक (डीआईजी) प्रवीणकुमार श्रेष्ठको पदावधि थपका सम्बन्धमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

यसअघि गएको शुक्रवार न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले श्रेष्ठलाई अनिवार्य अवकाश दिने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरकालीन अन्तरिम आदेश जारी गरेकोमा  बिहीवार संयुक्त इजलासले अन्तरकालीन आदेशलाई निरन्तरता दिनु नपर्ने ठहर गरी अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

आफ्नो पदावधि सकिएको भनी सशस्त्र प्रहरी बलले पत्र दिएपछि डीआईजी श्रेष्ठले त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दिनुभएको थियो ।

 

WRITE COMMENTS FOR THIS ARTICLE