अनेरास्ववियू रामेछापद्धारा आठ स्थानीय तहमा संगठन विस्तार गर्न आठ जनालाई जिम्मेवारी
९ फागुन
रामेछाप । नेकपा ओली समुह रामेछापले पुर्नगठित अनेरास्ववियूका जिल्ला कमिटी रामेछापका पदाधिकारीलाई पद तथा गोपनियताको सपथ खुवाएको छ । नेकपा ओली समुहका केन्द्रीय सदस्य माधव ढुंगेल, जिल्ला अध्यक्ष आनन्द श्रेष्ठ सहित सहभागी नेताहरुले अनेरास्ववियूका पदाधिकारीलाई सपथ खुवाएका हुन् । जिल्ला अध्यक्ष श्रेष्ठका अनुसार १३ कार्यलय सदस्य र ३३ सचिवालय सदस्य रहने गरी अनेरास्ववियूको ९९ जना सदस्यको जिल्ला कमिटी गठन गरिएको छ ।

यसअघि सम्पन्न भेलाले अनेरास्ववियू जिल्ला कमिटिको संयोजकमा टक घतानी,सह संयोजकमा मनोज आले मगर ,सचिबमा पुष्कर भट्टराईलाई चयन गरेको थियो ।त्यसैगरी अनेरास्ववियूले जिल्लाको आठवटै स्थानीय तहमा रहेको शैक्षिक सस्थाहरुमा संगठन विस्तार गर्न विद्यार्थीका नेताहरुलाई जिम्मेवारी दिएको छ ।
दोरम्बा गाउँपालिकामा डिकलाल थापा मगर, सुनापती गाउँपालिकामा टक घतानी, खाँडादेवी गाउँपालिकामा गोपल थोकर,मन्थली नगरपालिकामा राजेन्द्र खड्का,लिखु तामाकोशी गाउँपालिकामा मनोज आले मगर, उमाकुण्ड गाउँपालिकामा आङ लामु शेर्पा ,गोकुलगङगा गाउँपालिकामा निशान श्रेष्ठ र रामेछाप नगरपालिकामा पुष्कर भट्टराई जिम्मेवारी दिएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE