Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

आजदेखि विदेशी टिभी च्यानलहरूमा विज्ञापन नबज्ने

७ कार्तिक
काठमाडौं – सरकारले आजदेखि विदेशी टिभी च्यानलहरूमा ‘क्लिन फिड’ नीति लागू गरेको छ । अब नेपालमा प्रसारित हुने विदेशी टिभी च्यानलहरूमा विज्ञापन नबज्ने भएका हुन् ।
 
बिहीबार सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपालमा प्रशारण हुने विदेशी टेलिभिजन च्यानलहरू विज्ञापनिरहित बनाउनका लागि सबै तयारी पूरा भएको जानकारी दिनुभएको थियो । मन्त्री गुरुङले शुक्रबार (आज) देखि क्लिन फिड लागू गर्नेगरी तयारी कानुनी तथा संस्थागत तयारी पूरा भएको मन्त्री गुरुङले जानकारी दिनुभएको हो ।
 
मन्त्री गुरुङका अनुसार विज्ञापन नियमन गर्ने ऐन, २०७६ ले २०७७ कात्तिक ७ गतेदेखि क्लीनफीड लागू गर्ने व्यवस्था गरेअनुसार नै तयारी पूरा भएको बताउनुभएको थियो । उक्त ऐनको दफा ६ मा नेपालमा प्रशारण हुने विदेशी च्यानलहरूमा विज्ञापनरहित सामग्री प्रशारण गर्ने र नेपाली च्यानलहरूले विदेशी विज्ञापन प्रसारण गर्दा डबिङ गरेको सामग्री प्रयोग गर्न नसक्ने उल्लेख छ ।

WRITE COMMENTS FOR THIS ARTICLE