Date
बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

महेश बस्नेतको व्यङ्ग्य – क. प्रचण्ड अब भित्ते राष्ट्रपतिबाट फेसबुके प्रधानमन्त्री बन्ने पक्का

९ पुष
काठमाडौं –
नेकपाका केन्द्रीय सदस्य महेश बस्नेतले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फेसबुके प्रधानमन्त्री बन्ने पक्का भएको भन्दै व्यङ्ग्य गर्नुभएको छ । नेता बस्नेतले बुधबार फेसबुकमार्फत विगठित प्रतिनिधि सभाको नेकपाको सिमित पुर्व सासंदहरुको संसदिय दलको नेता बनेको भन्दै यस्तो व्यङ्ग्य गर्नुभएको हो ।

उहाँले प्रचण्ड नेकपाको सिमित पुर्व सासंदहरुको संसदिय दलको नेता बनेकाले भित्ते राष्ट्रपतिबाट फेसबुके प्रधानमन्त्री बन्ने पक्का भएको भन्दै बधाई भनेर व्यङ्ग्य गर्नुभएको छ । उहाँले लेख्नुभएको छ( ‘अब कहिले बन्न नसक्ने प्रधानमन्त्रीको अभिलाषा बोक्नुभएको क। प्रचण्ड अब भित्ते राष्ट्रपतिबाट फेसबुके प्रधानमन्त्री बन्ने पक्का छ। हार्दिक बधाई छ।’

‘नेपालमा छलाङ्ग, धक्का, क्रमभङ्ग, महाविपत्तिको सिद्धान्तका प्रत्युपादक नेता क। प्रचण्डको ०६४ सालको चुनाव अगाडि भावी कार्यकारी राष्ट्रपति भनेर खुब वाल पेन्ट गराइयो फोटो टाँसियो।’बस्नेतले लेखेका छन् ‘संविधान निर्माण गर्दा उहाँले त्यो अडान छोडनु भयो। अनि उहाँहरुले नै भन्ने गरेको बोकाको टाउको देखाएर कुकुरको मासु बेच्ने भनेको संसदीय व्यवस्थामा सम्झौता गर्नुभयो। अनि त्यो सबै नाटक साबित भयो र उहाँको नाम भित्ते राष्ट्रपति रहन गयो।’

मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट आइतबार संसद विघटन गर्दै आगामी बैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन मिति घोषणा भएपछि नेकपाभित्र विवाद बढेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ओली समूहको बैठकले ४४७ सदस्यीय केन्द्रीय कमिटीलाई विस्तार गरी ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाउने निर्णय गरेको छ। यस्तै ओली समूहले पार्टी प्रवक्ताबाट नारायणकाजी श्रेष्ठलाई हटाएर प्रदीप ज्ञवालीलाई तोकेको छ। बैठकले २ मंसिर २०७८ मा महाधिवेशन गर्ने निर्णय गरेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE