बालबालिकालाई कोरोना हुनबाट कसरी बचाउने ?
१६ बैशाख, काठमाडौँ – कोरोनाको दोस्रो लहरमा संसारका प्रायस् देशहरुको स्थिति दिन दिनै नराम्रो हुँदै गइरहेको छ ।
विशेषज्ञका अनुसार यस पटकको भाइरस म्यूटेटेड छ र यो बालबालिका लागि पनि उत्तिकै खतरनाक छ ।
यसले ठूलो संख्यामा बालबालिकाहरुलाई संक्रमित बनाइरहेको छ ।
भारतमा अहिले संसारभरमा सबैभन्दा धेरै संक्रमण देखिएको छ ।
यस्तो अवस्थामा आफ्ना बालबालिकालाई कोरोनाको संक्रमणबाट बचाउने र यसका लागि केहि विशेष कुराहरुलाई ध्यानमा राख्नु आवश्यक छ ।
विशेषज्ञ भन्छन् –‘पहिला बालबालिकामा धेरै ज्वरो,रुघा–खोकिको समस्या देखिने गर्दथ्यो, तर कोरोनाको दोस्रो लहरमा विभिन्न प्रकारका लक्षण देखिन थालेको छ । यो पटक कोरोना भाइरसले ११ वर्ष देखि १७ वर्षसम्मका बालबालिकालाई धेरै संक्रमित बनाइरहेको छ ।
बालबालिकामा कोरोनाका लक्षणहरु
लामो समयसम्म उच्च ज्वरो आउनु
पखाला लाग्नु
बान्ता र पेट दुख्नु
सुख्खा खोकि
हत खुट्टा सुनिनु
मांसपेशिहरु दुख्नु
छालामा रातो दाग देखिनु
बालबालिकामा चिडचिडापन देखिनु
बालबालिकालाई कोरोना हुनबाट कसरी बचाउने ?
बालबालिकालाई घरबाट बाहिर निस्कन दिनु हुँदैन । उनीहरुलाई मास्क लगाउन र हात पटक पटक साबुन पानीले धुन लगाउनु पर्छ । आमाबुबा अथवा घरका कुनै पनि सदस्य बाहिरबाट आउनासाथ बालबालिकालाई भेट्नु भन्दा पहिला लुगा फेर्ने सम्भव भएसम्म नुहाउनु पर्छ । नुहाउन सम्भव भएन भने हात खुट्टा र मुख राम्रोसंग धुनु पर्छ ।
बालबालिकालाई ब्रिदिङ एक्सरसाइज गराउनु पर्छ
यसपटकको कोरोना भाइरसले सोझै फोक्सोमा हमला गरिरहेको छ । फोक्सोलाई नराम्रोसंग क्षति ग्रस्त गरिरहेको छ, जसका कारण सास फेर्न समस्या हुन थालेको छ र अक्सीजनको आवश्यकता परिरहेको छ । यस्तो स्थितिमा आफ्ना बालबालिकालाई ब्रिदिङ एक्सरसाइज गराउनु पर्छ । जसले उनीहरुको फोक्सो बलियो हुन्छ र अक्सीजनको स्तर सामान्य भइरहन्छ । जसका लागि बालबालिकालाई बेलुन फुलाउन पनि दिन सक्नु हुन्छ । यसले फोक्सो बलियो हुन्छ ।
बालबालिकाको भोजन
बालबालिकामा कोरोना संक्रमणको खतरा कम गर्नका लागि उनीहरुलाई दिनहुँ मन तातो पानी पिउन दिनु पर्छ । यसको साथै राति सुत्नु अगाडि बेसार हालेर दुध पिउन दिनु पर्छ । यसो गर्दा भाइरल संक्रमणसंग लड्न सहयोग पुग्छ । उनीहरुलाई अमिला फलफुल सेवन गर्न दिनु पर्छ । यी फलहरुमा रोग प्रतिरोधक क्षमता बलियो हुन्छ । बढि मात्रामा हरीयो र ताजा तरकारी खान दिनु पर्छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE