Date
बिहि, जेष्ठ १४, २०८३
Thu, May 28, 2026

प्रहरीले तपाईंको मास्क खै ? अभियान सञ्चालन

१३ बैशाख, काठमाडौँ – महानगरीय ट्राफिक प्रहरी र महानगरीय प्रहरीको  संयुक्त पहलमा तपाईंको मास्क खै अभियान सञ्चालन  गरेको छ । प्रहरीले  यात्रु तथा सर्वसाधरणलाई मास्क चेकिङ सुरू गरिएको हो ।

सामुदायिक प्रहरीले जनहितमा जारी सन्देशसहित अभियान थालेको छ ।  बाहिरिने र प्रवेश गर्ने सवारीसाधन तथा सबै नागरिकहरूलाई मास्क लगाउन र सुरक्षित भएर यात्रा गर्न अभियान सञ्चालन गरेको प्रहरीले जानकारी दिनु भएको हो ।

मास्क नलगाउने र अटेर गर्नेलाई चुचेपाटी चोकमा होल्डिङ  सेन्टरमा सोमबार (आज)  १० मिनेट राखेर सम्झाई-बुझाई गर्ने तथा मास्क किन्न लगाएर छाडिने गरेको प्रहरीले बताउनुभयो ।

अभियान अन्तर्गत  आजबाट चावहिल,चुच्चेपाटी  लगायत विभिन्न स्थानहरूमा चेकिङ गरिने प्रहरीले जानकारी दिनुभयो।

तस्वीर मनिष रन्जन बराल

WRITE COMMENTS FOR THIS ARTICLE