Date
बुध, जेष्ठ १३, २०८३
Wed, May 27, 2026

पाँच महिनादेखि १७ सय कर्मचारी जम्मेवारीविहीन

देशमा नयाँ संरचना लागू भएसँगै स्वास्थ्य मन्त्रालयअन्तर्गतका करिब एक हजार ७०० कर्मचारी पाँच महिनादेखि जिम्मेवारीविहीन फाजिल छन्।

अध्ययन र योजनाविना संरचना बनेपछि सबै कर्मचारी दरबन्दीमा अटेका छैनन्। विशेषज्ञ डाक्टर, प्राविधिक र प्रशासनिक कर्मचारी जिम्मेवारीविहीन हुँदा देशभरकै स्वास्थ्य सेवा प्रभावित भइरहेको छ।

वीर अस्पतालमा पनि ४२ कर्मचारी दरबन्दीविनै काम गरिरहेका छन्। जसमा २० अनमी र २२ हेल्थ असिस्टेन्ट रहेको छ।  मन्त्रालयमा एघारौं तहका १० कर्मचारी दिनहुँ हाजिर गर्ने, घर फर्किने मात्रै गरिरहेका छन्। जसमा तीन विशेषज्ञ डाक्टर र अरु प्राविधिक कर्मचारी छन्। देशघर जिम्मेवारीविहीन हुने कर्मचारी स्वास्थ्य शिक्षा र जनस्वास्थ्यका बढी छन्।, कान्तिपुर दैनिक

WRITE COMMENTS FOR THIS ARTICLE