नेपालभाषाका तीन पुस्तक सार्वजनिक
१९ फागुन
काठमाडौँ – ललितपुरमा आयोजित एक कार्यक्रममा संस्कृतिविद् प्रा. सुवर्ण शाक्यले नेपाल भाषाका तीन कृतिहरूको विमोचन गर्नु भएको छ । सो अवसरमा कथाकार विमलप्रभा बज्राचार्यको ‘इलं ब्यूगु बाखं’, दिव्या ताम्राकारको ‘लिधंसा’ र बुद्ध नेवाको ‘केहेँ किजापिन्त मतिनाया पौ’ कृति विमोचन गरिएको हो ।
नेपालभाषा परिषद्को आयोजनमा सम्पन्न कार्यक्रममा परिषद्का अध्यक्ष पनि रहनुभएका संस्कृतिविद् शाक्यले आफ्नो पहिचान जगेर्ना गर्ने संस्कार र संस्कृतिको संरक्षणमा साहित्यको महत्वपूर्ण भूमिका रहने बताउनु भयो ।
उक्त अवसरमा समीक्षकहरू पूर्ण ताम्राकार, ध्रुव मधिकर्मी र डा. पुष्पराज राजकर्णिकारले कृतिहरूमाथि समीक्षात्मक टिप्पणी राख्दै नेपालभाषा कथा साहित्यमा देखिएको प्रवृत्ति र विशेषताबारे उल्लेख गर्नु भएको थियो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE