Date
मङ्ल, बैशाख १, २०८३
Tue, April 14, 2026

अवैध लागूऔषधसहित एक पक्राउ

अवैध लागूऔषधसहित एक पक्राउ

२० असार, काठमाडौं– प्रहरीले अवैध लागूऔषधसहित कैलालीबाट २ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले घोडाघोढी नगरपालिका–१ घोडाघोडीबाट ९ ग्राम ३ सय ६० मिलिग्राम अबैध लागूऔषध ब्राउन सुगर र नगद १ लाख २७ हजार ५ सय रूपैयाँ सहित २ जनालाई शनिबार दिउँसो पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २३ वर्षीय बिशाल थापा र १९ वर्षीय श्याम मगर रहेका छन् । ईलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरीले उनीहरुको साथबाट उक्त पदार्थ र नगद सहित फेला पारी पक्राउ गरेको हो ।

प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE