नेप्सेले बनायो सर्वाधिक उच्च अंकको कीर्तिमान, बैंकिङ सेक्टरमा लगानीकर्ताको आकर्षण
नेप्सेले बनायो सर्वाधिक उच्च अंकको कीर्तिमान, बैंकिङ सेक्टरमा लगानीकर्ताको आकर्षण
१० साउन, काठमाडौं– सेयर बजारले पुनः अल टाईम हाईको रेकर्ड ब्रेक गरेको छ ।
साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ५४.३१ अंकले बढ्दै ३०५८.६४ विन्दुमा पुग्दै नेप्सेको अलटाईम हाईको रेकर्ड ब्रेक गरेको हो । ओरालो लागेको कारोवार रकम पनि आज धेरै दिनपछि कारोबार रकम बढ्दै १४ अर्बमाथि पुगेको छ ।
बजारमा आज कुल १४ अर्ब ३० करोड २३ लाख ६५ हजार १४८ रूपैयाँ बराबरको ४ करोड ४१ लाख १४ हजार ७६० कित्ता सेयर कारोबार भयो ।
बजारमा आज बजारमा बैंकिङ समूह हावी भएको छ । सो समूह ३.४३ प्रतिशतले वृद्ध भएको हो ।
यसैगरी हाइड्रोपावर तर्फ पनि २.३९ प्रतिशतले वृद्धि भएको छ । आज होटल एण्ड टुरिजम् र म्यूचल फण्डबाहेक सबै समूहका उपसूचकहरूमा हरियाली छयो ।
बजारमा आज सर्वाधिक कारोवार हुने कम्पनीमा नेपाल बैंक, ग्लोवल आईएमई, एनसीसी, एनआईसी एसियालगायत रहेका छन् । आज नेपाल बैंकको ४९ करोड सेयर कारोबार भएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE