Date
सोम, जेष्ठ १८, २०८३
Mon, June 1, 2026

एमालेले सोध्यो २२ सांसदलाई स्पष्टीकरण

एमालेले सोध्यो २२ सांसदलाई स्पष्टीकरण

६ साउन, काठमाडौं– नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई स्पष्टीकरण सोधेको छ । अदालतले देउवालाई समर्थन गरेका सांसदलाई कारवाही नगर्न आदेश दिएकाले अदालतको परमादेश आकर्षित नहुने भाषा मिलाएर स्पष्टीकरण पठाएको छ ।

स्पष्टीकरणमा पार्टी अनुशासन उल्लंघन गरेको र संसदीय दलको विधानविपरीतका क्रियाकलाप गरेको भन्दै २४ घण्टाभित्र स्पष्टीकरण चित्तबुझ्दो नदिएमा साधारण सदस्यलगायत पार्टीको जिम्मेवारीबाट निष्कासन किन नगर्ने ? भनी प्रश्न समेत सोधिएको छ ।

साउन ५ गते पठाइएको २४ घण्टे स्पष्टीकरणमा शेरवहादुर देउवालाई विश्वासको मत दिएको विषय उल्लेख नगरिएको छैन ।

सोमबार बसेको एमाले केन्द्रीय कमिटी बैठकले २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण पत्र सोध्ने निर्णय गरेको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE