Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

मैले प्रधानमन्त्रीबाट राजीनामा दिए भने देश बर्बादीतिर जान्छ : केपी ओली

१९ कात्तिक
काठमाडौं
– प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले पदबाट राजीनामा नदिने बताउनु भएकाे छ । प्रधानमन्त्रीले राजीनामा दिन लागेको भन्ने हल्ला फैलाइएको उल्लेख गर्दै उहाँले आफूले अहिले राजीनामा दिनु देश बर्बादीतिर जान दिनु भएको बताउनु भयाे।

‘सञ्चारमाध्यमहरूमा हल्ला फैलाइन्छ, प्रधानमन्त्री राजीनामा दिन पस्यो,’ बुधबार मनमोहन सेन्टर एनेक्स भवन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयाे, ‘तर तपाईंहरू विचार गर्नुस् के अहिले मैले राजीनामा दिन हुन्छ ?’

अहिले आफूले राजीनामा दिन नमिल्ने पनि उहाँले बताउनुभयाे । ‘मैले अहिले राजीनामा दिन मिल्छ ?,’ उहाँले भन्नुभयाे, ‘अहिले राजीनामा दिनु भनेको बर्बादीतिर जान दिनु हो। त्यसकारण म राजीनामा दिनेवाला छैन।’ जनताको आवश्यकताले आफू प्रधानमन्त्री भएको पनि उहाँले बताउनुभयाे ।

उहाँले भन्नुभयाे ‘व्यापक जनसमर्थनबाट हो यो ठाउँमा आएको हो। ढुक्क भएर काममा लाग्नुस्, सरकार फेरिन्छ बदलिन्छ कि भन्ने होइन। केही हुनेवाला छैन,’ ।   ‘भित्र-बाहिर अनेक कोसिस त भए। जेमा पनि आलोचना गर्ने ? देशलाई अस्थिरतातर्फ धकेल्न खोज्ने प्रवृत्तिबाट प्रभावित नभई काम गर्नुपर्छ।’

स्थिरताका लागि आफूले काम गरिरहेको र स्थिरताले विकास तथा परिवर्तन ल्याउने प्रधानमन्त्रीको भनाइ छ । सत्तारुढ नेकपा भित्र अहिले प्रधानमन्त्री ओली अल्पमतमा देखिनुभएकाे छ ।

WRITE COMMENTS FOR THIS ARTICLE