भौतिक उपस्थितिमा एसईई परीक्षा हुने सम्भावना न्यूनः शिक्षामन्त्री श्रेष्ठ
भौतिक उपस्थितिमा एसईई परीक्षा हुने सम्भावना न्यूनः शिक्षामन्त्री श्रेष्ठ
१० जेठ, काठमाडौं– शिक्षा विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले यस वर्षको एसईई परीक्षा भौतिक रुपमा गर्ने सम्भावना न्यून रहेको बताउनुभएको छ । उहाँले भौतिक रुपमा परीक्षा गर्ने सम्भावना न्यून रहेकोले अहिले विभिन्न विकल्पमा छलफल भइरहेको बताउनुभयो ।
आज एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूको ज्ञापन पत्र बुझ्दै मन्त्री श्रेष्ठले एसईई र कक्षा १२ को परीक्षाका विषयमा अहिले छलफ गर्न मन्त्रालयले कार्यदल बनाएको बताउनुभयो । कार्यदलले अहिले आफ्नो काम गरिरहेको र यसै साता नै कार्यदलले प्रतिवेदन बुझाउने उहाँले बताउनुभयो । कार्यदलले दिएको सुझावका आधारमा मन्त्रालयले निर्णय लिने उहाँको भनाइ थियो ।
मन्त्री श्रेष्ठलाई ज्ञापन–पत्र बुझाउदै अनेरास्ववियूका अध्यक्ष ऐन महरले विद्यालय तहको परीक्षा वैकल्पिक विधिबाट तत्काल सम्पन्न गरी असार १ गतेदेखि नया शैक्षिक सत्र शुरु गर्न माग गर्नुभयो ।
ज्ञापन पत्रमा भौतिक उपस्थितिमा पढाइ नहुँदासम्मको अवधिको शुल्क मिनाहा गर्नुपर्ने, विद्यालय तहको परीक्षा वैकल्पिक विधिबाट तत्काल सम्पन्न गर्नुपर्ने, असार १ गतेदेखि नया शैक्षिकसत्र शुरु गर्नुपर्ने लगाएतका माग राखिएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE