Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

आमा ! म तपाईको कुलङघार सन्तान

संसारमा कुनै ठाउँ छैन होला जहाँ आमालाई सम्मान नहुने । आमा शब्दमा नै यति मिठास र आनन्द छकी यो शब्दले नै ज्यान नै सिरिङ्ग हुने गर्दछ । मनमा उर्जा र आनन्द दिने शब्द कतै छ भने त्यो आमा नै नहोला भन्न सकिन्न । तर आमा म तपाईको कुलङघार संन्तान हुँ । आज म आफुले आफैलाई आत्मग्लानीका साथ भन्छु कि म तपाईको कुलङघार सन्तान हुँ जसले आफ्नी आमाको मर्म बुझ्न सकिन । १० महिना सम्म कोखमा राखी र्हुकाई बढाईको बदलामा आँखा भरी आसु र मन भरी पिडा बाहेक केही दिन सकिन । मैले मेरा खुसी बाहेक अरु केही सोच्दै सोचिन र तपाईलाई पनि कहिल्यै पनि तपाईको खुसी सोच्नै दिईन । यति सम्म बनाएकी तपाईले म बाहेक अरु कोही सोच्नै सक्नु भएन । मेरा लागि तपाईले बाबाका धेरै गाली खानु भएको छ । समाजको बेईच्जत सहनु भएको छ तर मेलै ती सब कुराको घाउमा मलम लगाउनु साटो झन नुन चुक छरेको छु ।

सन्तान प्रति आमाको मोह कति सम्म हुदो रहेछ भन्ने कुरा मेलै तपाईको अपार मायाँ र साथबाट महशुस गरेको छु । संसारमा सबैभन्दा त्यागी केही चिज छ भने त्यो आमा नै हो । आमाको जिम्मेवारी तपाईले धेरै मेहनत गरेर नै गर्नु भएको हो । तर तपाईका लागि मेलै गर्नु पर्ने कर्तव्य सबै भुलेर तपाईलाई वृदा आश्रम सम्म पुर्याउने सन्तानको नाममा पनि कर्लक कुलङघार सन्तान म हुँ । जसले कहिले कर्तव्य बोध नै गरेन । जसले आशुको मुल्य नै बुझ्न सकेन ।

थाहा छ आमा म किन कुलङघार सन्तान हुँ ? किनकी मैले तपाईको म प्रतिको मेहनतलाई कहिल्यै बुझ्नै सकिन । तपाईले मेरा लागि उठाएको जोखिमको विषयमा कहिल्यै चासो नै दिईन । तपाईको गाला चाउरी परेर मुजा मुजा पर्दा पनि मेरो लागि तपाईले चिसो बालुवा र सिमेन्टको भारी सम्म नभनी मेरो पढाईको लागि भन्दै गरेको अथाहा मेहनतको साटो मैले तपाईलाई साहारा चाहिने बेला बेसाहारा बनाई दिए । कहिले श्रीमती त कहिले गाँउलेको कुरा सुनी तपाईको आँखामा बगेका आसुको समेत केही वास्ता नगरी घर देखी वृदा आश्रम सम्मको बाटो तय गरिदिए ।

विद्यालय पढ्दा म भोकले मर्छ भनेर विद्यालयको खाजा खाने समयमा खाजा बोकेर आउदा साथिहरुलाई चिनाउन लाज हुन्छ, किन आको भनी तपाईलाई गाली गर्थे । छोरोले सरकारी स्कुलमा पढ्यो भने अरु साथिहरु भन्दा पछाडी पर्छ भन्दै बाबा देखी लुकाएर प्यावा बनाएर राखेको पैसाले मलाई प्राईभेट स्कुलमा पढाउनु भयो तर मैले त्यसको बदलामा तपाईले बोल्ने शब्द राम्रो सँग उच्चारण गर्न नसकेको भनी बेईज्जत गरे । सम्मानका साथ शब्दहरु बेल्नु साटो अपशब्द मात्र प्रयोग गरे ।

बुढेसकालको साहारा होला अर्थात बुढेसकालको लाठी हुन्छ हो भनेर कहिले पनि मेरो मनलाई दुखाउने शब्द नै प्रयोग गर्नु भएन । यति सम्म कि म स्वार्थको दल दलमा फस्दा समेत तपाईमा म प्रति कहिले रिस नै उठेन । बरु बच्चा नै छ बुद्धि आउने बेला नै भाको छैन भनेर आफ्नो मन बुझोउनु भयो । तपाई रोग लागेर उपचार गर्ने पैसा नभई छटपट्टि रहनु भएको बेला रिफ्रेशमेन्टको लागि भन्दै म कहिले पोखरा त कहिले मन शान्त पार्न भन्दै लुम्बिनी पुग्दा समेत तपाईले म सँग किन यसो गरिसको एउटै शब्द प्रयोग नै गर्नु भएन । तपाई बिरामी परेर जाउलोसम्म निल्न गारो भैरहेको बेला म कहाँ महँगा रक्सि र मिठो मासु खान पाईन्छ भनेर हिने । हो आमा त्यसैले पनि म कुलङघार सन्तान हुँ ।

WRITE COMMENTS FOR THIS ARTICLE