अखिल क्रान्तिकारीको बन्दसत्रमा नाराबाजी र तोडफोड
१८ आश्विन, काठमाडौँ – माओवादी विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीको राष्ट्रिय सम्मेलनको अन्तिम दिन बन्दसत्रमा झडप र कुर्सी तोडफोड भएपछि नेतृत्व घोषणा लम्बिएको छ ।
पत्रकार सम्मेलनबाट नयाँ नेतृत्व घोषणा गर्ने भनेर मिडियालाई साढे ३ बजे कार्की बैंक्वेटमा बोलाएकोमा साँझ सात बजेसम्म हलभित्र विवाद,नाराबाजी र तोडफोड जारी रहेपछि नेताहरुलाई विवाद मिलाउन समस्या परेको छ ।
बन्दसत्र शुरु भए लगत्तै केही प्रतिनिधिले पञ्चा सिंहलाई अध्यक्ष नमान्ने भन्दै विवाद थालेका थिए । साँझसम्म पनि विवाद बढ्दै गएपछि कुर्सी हानाहान भएको छ ।उनीहरुले अध्यक्ष पद प्रचण्डले तोक्ने हो भने केन्द्रीय सदस्य पनि प्रचण्डबाटै छानिनुपर्ने माग गरेका छन्। क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह र महासचिवमा दिपेश पुन चयन भएका छन् । तर घोषणा हुन सकेको छैन ।

RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE