Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

सभामुख सापकोटा विरुद्धको द्वन्द्वकालीन मुद्दा संवैधानिक इजलासले हेर्न नभ्याउने

८ बैशाख काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटा विरुद्धको द्वन्द्वकालीन मुद्दा संवैधानिक इजलासले आज हेर्न नभ्याउने भएको छ । शसस्त्र द्धन्द्धका समयमा काभ्रेका अर्जुन लामाको हत्या गरेको भन्दै  सापकोटा विरुद्ध  सर्बोच्च अदालतमा मुद्दा  दायर भएको थियो ।

आजका पेशीका रहेको मुद्दा संवैधानिक इजलासमा सुनुवाइ कार्यसूचिमा रहेको थियो । प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबरा , न्यायाधीशहरु दीपककुमार कार्की,मीरा खड्का,हरिकृष्ण कार्की र ईश्वर प्रसाद खतिवडा रहनु भएको संवैधानिक इजलासमा सुनुवाइ हुने भनिएपनि हेर्ने नभ्याईने भएको छ ।

पटक पटक पेशीमा पर्दै आएपनि यो मुद्दाको सुनुवाई भएको थिएन । शसस्त्र द्वन्द्वका समयमा काभ्रेका अर्जुन लामाको  अपहरणपछि हत्या गरिएको भन्दै लामाकी श्रीमति  पूर्णिमाया लामाले २०६९ मंसिर ७ सापकोटा बिरुद्द मुद्धा दायर गर्नुभएको थियो ।  सर्वोच्चमा सापकोटा विरुद्ध विभिन्न बिषयमा  पूर्णिमाया लामा, शुशिल प्याकुरेल, मन्दिरा शर्मा, कपिल श्रेष्ठ, कणकमणि दीक्षित, चरण प्रसाईं र गोपालकृष्ण शिवकोटी, दिनेश त्रिपाठीले मुद्दा दायर गरेका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE