Date
शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

थप १८ संक्रमितको मृत्यु, नेपालमा कोरोनाका मृत्यु हुनेको संख्या ७ सय ५७ पुग्यो

३ कात्तिक
काठमाडौं – नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या निरन्तर बढ्दो छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १८ जना कोरोना संक्रमितहरुले उपचारको क्रममा ज्यान गुमाएका छन् । योसंगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ सय ५७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मोरङमा मात्र ४ जनाले ज्यान गुमाएका छन् भने रौतहटमा २ जनाको मृत्यु भएको छ । यसैगरी कास्की, पर्वत , रुपन्देही , बाँकेमा पनि उपचारको क्रममा संक्रमितहरुले ज्यान गुमाएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE