पछिल्लो २४ घण्टामा थप २,७६० जना कोरोना संक्रमण, ३३ मृत्यु
१७ असार, काठमाडौं – पछिल्लो २४ घण्टामा २ हजार ७ सय ६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार १ सय ३० जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ८ सय ५७ र ३ हजार ८ सय ५५ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९ सय ३ जना गरी २ हजार ७ सय ३० जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लख ४० हजार ६ सय ६२ पुगेको छ । सक्रिय संक्रमितको संख्या ३१ हजार ३ सय ६८ जना रहेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ४ हजार १७ रहेको छ । कोरोना संक्रमणका कारण ३३ जनाको मृत्यु भएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE