Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

एकैदिन ८१ जना फरार अभियुक्त पक्राउ

२७ साउन, काठमाडौँ – कपिलवस्तु प्रहरीले पछिल्लो २४ घण्टाभित्र  जिल्लाभर विभिन्न अपराधमा संलग्न  ८१ जना फरार अभियुक्तहरूलाई पक्राउ गर्न सफल भएको छ। कपिलवस्तु जिल्लामा  विभिन्न मितिमा लागुऔषध, लुटपाट, कुटपिट, चेक अनादर, सवारी ज्यान, जुवा जस्ता कसुरमा संलग्न भई  जिल्ला अदालत कपिलवस्तुले गरेको फैसलामा कसूरदार ठहरिएका ८१ जना मानिसहरुलाई २४ घण्टाभित्र प्रहरीले पक्रन सफल भएको हो।

कपिलवस्तु जिल्ला प्रहरी प्रमुख  एसपी दानबहादुर कार्कीले जिम्मेवारी सम्हाले पछि ‘फ्यापु ’ नामक अभियान चलाएपछि  फरार अभियुक्त धमाधम पक्राउ गर्न सुरु गरिए अनुसार पछिल्लो २४ घण्टामा ८१ जना फरार अभियुक्त पक्राउ गर्न सफल भइएको त्यहाँका प्रहरी प्रवक्ता डिएसपी धर्मराज भण्डारीले जानकारी दिए ।

पक्राउ गरिएका फरार प्रतिवादीलाई फैसला बमोजिमको सजाय भुक्तानको लागि जिल्ला अदालत कपिलवस्तुमा उपस्थित गराइएको डिएसपी भण्डारीले  बताए।

 

WRITE COMMENTS FOR THIS ARTICLE