Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

ओमनिया सुपर प्लस साईज मोडल फिलिपिन्स जादैँ

काठमाडौँ –नेपालको पहिलो ओमनिया सुपर प्लस साईज मोडल नेपाल–२०१८ की बिजेता सपना राई नेपालको प्रतिनिधित्व गर्दै फिलिपिन्समा हुन लागेको टप अफ द वल्र्ड प्लस साईजमा भाग लिने भएकी छिन । नेपालको कलासंस्कृति, भेषभुषा रितिरिवाज लगायत देशकै पहिचान बोकेका सम्पदाहरुलाई उक्त प्रतियोगीताको माध्यमबाट बिश्व माझ परिचित गराउन आगामी नोभेम्वर ६ तारिखका दिन फिलिपिन्स जादैछिन्। नोवेम्बर १० मा फिलिपिन्सको सैवुमा हुन गइरहेको टप अफ द वल्र्ड प्लस साईजको फाइनल प्रतियोगितामा सहभागिता जनाउन सपना राई त्यस तर्फ जान लागेकी हुन । प्रतियोगिता कडा प्रतिस्पर्धा र निकै चुनौतीपूर्ण हुने भएकोले आफुले निकै मिहिनेत गरेको सपना बताउछिन । साथै यस महत्वपूर्ण अवसर प्रदान गर्ने आयोजक डेविल सिंह प्रति हार्दिक आभार व्यक्त गर्दै सम्पूर्ण नेपालीहरुको माया तथा आर्शिवादले आफुले प्रतियोगिता जित्नेमा ढुक्क भएको बताईन । बिश्वका ३५ राष्ट्रबाट प्रतियोगीहरुले भाग लिएका छन् ।

नेपालबाटै पहिलो पटक अन्तराष्ट्रिय प्रतियोगितामा देशकै प्रतिनिधित्व गर्दै प्लस साईज मोडलले यसरी सहभागीता जनाउन पाउनु गर्वको विषय भएको मोडल सङ्गस नेपालका अध्यक्ष एवं सुपर प्लस साईज नेपालका आयोजक डेविल सिहं राजपुतले जानकारी दिए । नेपालमा दर्जनौं सफल सौन्दर्य प्रतियोगिता , अन्तर्राष्ट्रिय अवार्ड तथा विभिन्न फेशन शोहरु आयोजना गरेर चर्चा कमाएको मोडल सङ्गस नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि भाग लिन पाउने अवसर जुटाएको छ । प्रतियोगिताका लागी पेज थ्रि हट क्यूटरले ड्रेस डिजाईन गर्ने भएको छ । पेज थ्रिले डिजाइन गरेका विभिन्न पहिरनमा सपनाले आफ्नो देशको संस्कृती झल्काउने पोशाक र कुमारी नृत्यमा आफ्नो प्रतिभा प्रस्तुत गर्ने जानकारी राजपुतले दिए ।

WRITE COMMENTS FOR THIS ARTICLE