Date
आइत, चैत्र ११, २०८०
Sun, March 24, 2024

सुनको भाउमा नयाँ रेकर्ड, प्रति तोला ९२ हजार नाघ्यो

काठमाडौं-विहीबार सुनको भाउले नयाँ कीर्तिमान बनाएको छ । विहीबार छापावाला सुन तोलाको ९ सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ४ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि नेपाली बजारमा छापावाल सुन सबैभन्दा बढी ९१ हजार ७ सय पुगेको थियो । हिजो छापावाल सुन तोलाको ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
बुधबार ९१ हजार ६० निर्धारण गरिएको तेजावी सुनको मूल्य आज तोलाको ९१ हजार ९ सय ६५ रुपैयाँ पुगेको छ । त्यस्तै चाँदी प्रतितोला २५ रुपैयाले बढेर ९ सय ८० रुपैयाँ पुगेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE