Date
आइत, चैत्र २९, २०८२
Sun, April 12, 2026

माधव नेपालले ओलीसँगको बराबरी हैसियत पाउदैनन्ः महासेठ

माधव नेपालले ओलीसँगको बराबरी हैसियत पाउदैनन्ः महासेठ

११ साउन, काठमाडौं– नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले माधव नेपाललाई अध्यक्ष केपी शर्मा ओलीसरहको जिम्मेवारी दिने सम्भावना शून्य रहेको दाबी गरेका छन् ।

सोमबार एक कार्यक्रममा बोल्दै उनले माधव कुमार नेपाललाई कुनैपनि हालतमा इक्वेल अध्यक्ष नदिइने दाबी गरेका हुन् । कार्यक्रममा बोल्दै उनले भने, बरु आकाश खस्ला तर पार्टीमा बराबरको दुई अध्यक्ष हुन सक्दैन । हाम्रो पार्टीको विधानले पनि त्यो मिल्दैन ।’

उनले अहिले माधव नेपाललाई अध्यक्ष दिनेगरि पावर सेयरिङमा छलफल भैरहेको भनेर बाहिर चर्चा भएपनि त्यस्तो कुनै सम्भावना नभएको जिकिर गरेका छन् । उनले भने,‘बाहिर चर्चा भएजस्तो अहिले एमालेमा पावर सेयरिङबारे पनि कुनै छलफल भएको छैन् ।

साथै उनले माधव नेपाललाई एकताका लागि गम्भीर बन्न अनुरोध गरेका छन् । एमालेभित्र पहिला पनि आफुले सबैभन्दा बढि सम्मान र माया गर्नै नेता नेपाललाई नै गरेको र अहिलेपनि उनैलाई उत्तिकै गर्ने उल्लेख गर्दै एताको विकल्प छैन नरहेको बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE