युरोकपः स्पेन र क्रोएसिया भिड्दै, दोस्रो खेलमा फ्रान्स र स्विट्जरल्याण्ड आमनेसामने
युरोकपः स्पेन र क्रोएसिया भिड्दै, दोस्रो खेलमा फ्रान्स र स्विट्जरल्याण्ड आमनेसामने
१४ असार, काठमाडौं– युरो २०२० मा आज अन्तिम १६ का दुई खेल हुँदैछन् ।
आजको पहिलो खेलमा राति ९ः४५ बजे क्रोएसिया र स्पेनबीच कोपनहगेनमा सुरु हुनेछ ।
सुरुवाती दुई खेलमा गोलका लागि संघर्षरत टिमहरु तेस्रो खेलमा भने उत्कृष्ट गर्दै अन्तिम १६ मा प्रवेश गरेका हुन् । दुवै टिम अन्तिम १६ को खेलमा राम्रो प्रदर्शन गर्ने दाउमा हुनेछन् ।
लुका मोड्रिकको उत्कृष्ट गोलमा क्रोएसियाले समूह चरणको अन्तिम खेलमा स्कटल्यान्डलाई ३–१ गोलले हराएको थियो भने स्पेनले समूह चरणको अन्तिम खेलमा स्लोभाकियामाथि ५–० को फराकिलो जित दर्ता गरेको थियो ।
यस्तै आज हुने दोस्रो खेलमा विश्वविजेता फ्रान्स र स्विट्जरल्यान्ड आमनेसामने हुनेछन् । खेल राति १२ः४५ बजे बुचारेस्टमा सुरु हुनेछ।
समूह चरणमा पोर्चुगल, हंगेरी र जर्मनीविरुद्ध उत्साहजनक खेल नदेखाएको फ्रान्सले उत्कृष्ट प्रदर्शन देखाउने दाउमा रहेको छ ।
२०१८ को विश्वविजेता फ्रान्सले समूह चरणमा जर्मनीलाई आत्मघाती गोलको साहारामा हराउँदा हंगेरी र पोर्चुगलविरुद्ध बराबरी खेल्यो।
यता स्विट्जरल्यान्डले समूह चरणको अन्तिम खेलमा टर्कीविरुद्ध ३–१ को जित निकालेर उत्कृष्ट तेस्रो टिमको रुपमा अन्तिम १६ मा प्रवेश गरेको थियो ।
‘हेड टु हेड’ का आधारमा हेर्दा फ्रान्सले स्विट्जरल्यान्डसँग अहिलेसम्म पराजय भोग्नु परेको छैन। दुई खेलमा फ्रान्स विजयी हुँदा चार खेल बराबरीमा सकिएका छन्।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE