Date
शुक्र, असार ४, २०७८
Fri, June 18, 2021

अमेरिकामा नेपालीका लागि अक्सिजन सिलिन्डरको जोहो गर्दै गायक रामकृष्ण ढकाल

अमेरिकामा नेपालीका लागि अक्सिजन सिलिन्डरको जोहो गर्दै गायक रामकृष्ण ढकाल

११ जेठ, काठमाडौं– गायक रामकृष्ण ढकालले कोभिड–१९ का बिरामीलाई अक्सिजन सिलिन्डर पु¥याउनका लागि सहयोग जुटाउन थालेका छन् । अमेरिकामा सांगितिक कार्यक्रमका लागि गएका गायक ढकालले पहिलो चरणमा पनि सहयोग उठाएका थिए ।

गायक ढकालले पहिलो चरणमा उठेको १८ लाख रकम राष्ट्रिय आविष्कार केन्द्रको खातामा जम्म गरेको जनाएका छन् । यस्तै दोस्रो चरणको सहयोग अक्सिजन सिलिन्डरका लागि गर्न लागेको उनले जनाएका छन् । सामाजिक सञ्जालमा दोस्रो चरणमा सहयोग गर्ने दाताको नाम र रकम समेत राखेका उनले आफू स्वंयले पनि ५ सय डलर सहयोग गरेको उल्लेख गरेका छन् ।

उनले सामाजिक सञ्जालमा, ‘नेपालमा कोरोनासँग जीवन–मरणको युद्ध लडिरहेका बेला अमेरिकामै रहेकै बेला पनि केही सहयोग पुर्याउन सकिन्छ कि भन्ने पवित्र भावनाले मैले केही दिनअघि अमेरिकामा रहेका मेरा आदरणीय स्रोता–दर्शकमाझ सहयोगको आव्हान गरेको थिएँ, मेरो अनुरोधमा अमेरिकामा रहेका मनकारी नेपाली तथा भुटानी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले खुला हृदयले सहयोग गर्नुभएको छ । यही क्रममा पहिलो चरणमा जम्मा भएको करिब १८ लाख श्री महावीर पुनज्यूको राष्ट्रिय अविष्कार केन्द्रको नाममा रहेको खातामा जम्मा गरिएको छ ।’ भनेर लेखेका छन् ।

गायक रामकृष्ण ढकाल केही समययता सांगीतिक कार्यक्रमका लागि अमेरिका पुुगेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE