Date
शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

श्रमिक वर्गको हक, हित र अधिकार सुनिश्चित नभएसम्म आर्थिक विकास र समृद्धि असम्भव : प्रचण्ड

१८ बैशाख, काठमाडौँ-नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रमिक वर्गको हक, हित र अधिकारको सुनिश्चितता नभएसम्म देशमा आर्थिक विकास र समृद्धि सम्भव नहुने बताउनुभएको छ ।

अध्यक्ष दाहालले शनिबार अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना दिदै श्रमजीवी वर्ग राज्यको बहुआयामिक विकासका मुख्य आधार भएको बताउनुभएको हो ।

उहाँले भन्नुभएको छ, ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानमा श्रमिक वर्गको हित र अधिकारलाई प्रत्याभूति गरिएको हो । तर, श्रमजीवि वर्गको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धिमाथि अहिले सरकारबाट नै निरन्तर प्रहार भइरहेको छ ।’

त्यस्तै उहाँले पश्चगामी र परिवर्तन विरोधी तत्वहरु श्रमजीवि जनताका अधिकार खोस्न उद्यत् देखिएकाले प्राप्त उपलब्धिको रक्षाका लागि एकताबद्ध भएर प्रतिबाद गर्नु अहिलेको आवश्यकता भएको औंल्याउनुभयो ।

उहाँले थप भन्नुभएको छ, ‘कोरोना भाइरस ९कोभिड–१९०को दोस्रो लहरको महामारीका कारण भएको निषेधाज्ञाले रोजगार गुमेका र दैनिक श्रम गरी जीविकोपार्जन गर्ने श्रमजीवि वर्ग गम्भीर समस्यामा परेको छ ।’

त्यस्तै, अध्यक्ष दाहालले श्रमिक वर्गका लागि उचित राहतसहित खाद्यान्न लगायत वैकल्पिक व्यवस्थापन गर्न सरकारसँग माग समेत गर्नुभएको छ ।

साथै सबै राजनीतिक कायकर्ता र समाजसेवीलाई पनि खुला हृदयले समस्यामा परेका रोजगार विहीन श्रमिकहरुका लागि सहयोगी हात बढाउन अपील पनि गर्नुभएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: