बजेटमा पोल्ट्री र पुष्प व्यवसाय नसमेटिएकोमा किसानको
१७ जेठ, काठमाडौँ – आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा पोल्ट्री र पुष्प व्यवसाय नसमेटेको भन्दै किसानले गुनासो गरेका छन् । शनिवार अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको बजेटमा सरकारका तर्फबाट यी दुवै क्षेत्रका लागि कुनै पनि सम्बोधन नहुँदा उनीहरूले गुनासो गर्दै आपत्ति व्यक्त गरेका हुन् ।
करीब ६५ प्रतिशतभन्दा बढी किसान भएको कृषि प्रधान देशमा कुल बजेटको जम्मा २ दशमलव ७८ प्रतिशत अंश कृषि तथा पशुपन्छी क्षेत्रलाई छुट्ट्याएर कृषिक्षेत्र आत्मनिर्भर हुन नसक्ने धारणा किसानहरूको छ । यससँगै लाखौं मानिसलाई देशमै रोजगारी दिन सफल भएको पोल्ट्री र पुष्प व्यवसायलाई सरकारले बजेटमा अटाउन नसकेकोमा किसानहरू निराश बनेका छन् ।
नेपाल पोल्ट्री महासंघका महासचिव दिनेशराज मिश्रले निजीक्षेत्रको एकमात्र आत्मनिर्भर भएको पोल्ट्री क्षेत्रको नामसमेत बजेटमा उच्चारण नगरिएकोमा दुःख व्यक्त गरे । नेपालको कुल गार्हस्थ्य उत्पादनमा पोल्ट्री क्षेत्रको योगदान १ सय ८० अर्बको रहेको छ । मुलुकको समग्र अर्थतन्त्रमा ठूलो योगदान रहेको पोल्ट्री उद्योगलाई सरकारले पूर्णरूपमा बेवास्ता गरेको उनले बताए । यो खबर आजको आर्थिक अभियान दैनिकमा छापिएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE