Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

महाशिवरात्री पर्व २०७७ को तयारी पूरा

२५ फागुन
काठमाडौँ – हिन्दु धर्मलम्बीहरुको माहान पर्व महाशिवरात्रीको अबसरमा पशुपतिनाथमा भक्तजनहरुलाई सहज रुपले दर्शन गराउने तयारी पूरा भएको छ ।

२०७७ फागुन  २७ गते बिहिवारका दिन पर्ने यो बर्षको महाशिवरात्री पर्वमा लाखौं संख्यामा आउने भक्तजनको संख्यालाई मध्यनजर राखी पशुपति क्षेत्र बिकास कोषले आफ्नो तयारी पूरा गरेको जानकारी गराएको छ ।

नेपाल सरकारले तोकेको स्वस्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै सके सम्म भौतिक दुरि कायम गर्दै स्यानिटाइजरको प्रयोग गरि माक्सको अनिवार्य प्रयोग गरि समग्र रुपमा दर्शनको ब्यबस्थालाई थप प्रभावकारी बनाउन पशुपति क्षेत्रबिकास कोषले ११ वटा कार्यसमिती गठन गरि कार्य बिभाजन गरेको पशुपती क्षेत्रबिकास कोषले पत्रकार सम्मेलन जानकारी दिएको छ ।

यस बर्षको महाशिवरात्री पर्वमा दर्शन गर्न आउने भक्तजनहरुको लागि ९५ वटा संघसंस्थाले निस्शुल्क भोजन, पानी, चिया र बसोबास समेतको ब्यबस्था मिलाइएको साथै चिसोबाट बच्नका लागि धुनिको ब्यबस्था समेत मिलाएको कोषले जनाएको छ ।

मित्रपार्क-गौरिघाट, उमाकुण्ड हुँदै रुद्रगाडेश्वर उत्तरढोकाबाट-१ लाइन,

जयबागेश्वरी, भुवनेश्वरीस्थित फलामको सानो ढोका हुँदै पश्चिम ढोकाबाट १ लाइन, बत्तिशपुतली गौशाला, एयरपोर्ट- तिलगंगा भएर सुमार्गी भवन अगाडी हुँदै दक्षिण ढोकाबाट -१ लाइन गरि जम्मा ३ लाइन भएर दर्शन गर्ने ब्यबस्था मिलाएको जारी बिज्ञप्तिमा उल्लेख छ ।

 

 

WRITE COMMENTS FOR THIS ARTICLE