Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

पोखरेललाई नै मुख्यमन्त्री बनाउने एमाले संसदीय दलको निर्णय

१९ वैशाख, काठमाडौँ नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्रीको उम्मेद्वार पुनः शंकर पोखरेललाई नै बनाउने निर्णय गरेको छ ।

दलका नेता पोखरेलको नेतृत्वमा एमालेको एकल बहुमतको सरकार बनाउने निर्णय भएको प्रदेश सभा एक सदस्यले बताउनु भयो   ।

‘दलको बैठक बसेर नयाँ सरकार फेरि शंकर पोखरेलकै नेतृत्वमा बनाउने निर्णय गरेको छ’, उहाँले भन्नु भयो । पोखरेलले आजै दिएको राजीनामा स्वीकृत भइसकेको छ ।

८१ सदस्यीय प्रदेशसभामा एमालेसँग ४१ सांसद छन् । एमाले बाहेक विपक्षी दलहरुले दर्ता गराएको अविश्वासको प्रस्ताव माथि आजबाट छलफल गर्ने कार्यसूची तय भएको थियो ।

तर, त्यसअघि नै पोखरेलले मुख्यमन्त्रीबाट राजीनामा दिनु भयो । यो प्रदेशमा नेकपा माओवादी केन्द्रले दुई र जनता समाजवादी पार्टी ९जसपा० ले चार सांसद निस्कासित गरेको फाइदा मुख्यमन्त्री पोखरेलले उठाएका छन् । आज बसेको दलको बैठकमा बरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरु पनि सहभागी थिए ।

लुम्बनीमा विष्णु पन्थी र रमा घर्तिमगर नेता नेपाल निकट नेता हुन् ।

WRITE COMMENTS FOR THIS ARTICLE