Date
बुध, फाल्गुन ६, २०८२
Wed, February 18, 2026

नेपालका साहसिक र आध्यात्मिक पर्यटन गन्तव्यहरू टर्कीमा प्रवर्द्धन

नेपाल पर्यटन बोर्डले फेब्रुअरी ५ देखि ७ तारिखसम्म टर्कीको इस्तानबुलमा आयोजित पूर्वी भूमध्य अन्तर्राष्ट्रिय पर्यटन तथा यात्रा प्रदर्शनीमा आफ्नो सफल सहभागिता सम्पन्न गरेको छ।

 

तीन दिनसम्म चलेको यो महत्वपूर्ण कार्यक्रम नेपालका लागि आफ्नो सांस्कृतिक सम्पदा, साहसिक पर्यटन र आध्यात्मिक अनुभवहरू अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने उत्कृष्ट अवसर बन्न पुग्यो बार्डले जनाएको छ।

 

प्रदर्शनीमा सहभागी पर्यटन व्यवसायीहरूको संयुक्त प्रयासमा नेपालका साहसिक ट्रेकिङ, तीर्थयात्रा मार्गहरू र दिगो पर्यटन अनुभवहरू विशेष रूपमा प्रवर्द्धन गरिएको थियो।

 

टर्कीका यात्रुहरू, बाल्कन राष्ट्रहरू तथा दक्षिणपूर्वी युरोपका पर्यटकहरूबाट उल्लेखनीय प्रतिक्रिया प्राप्त भएको बोर्डले जनाएको छ। हाल नेपालप्रति यस क्षेत्रका यात्रुहरूको आकर्षण बढ्दै गएको छ, जसको पछाडि नेपालमा हवाई सम्पर्कको विस्तार र सांस्कृतिक तथा साहसिक पर्यटनप्रति बढ्दो रुचि प्रमुख कारण रहेको छ।

WRITE COMMENTS FOR THIS ARTICLE