Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

जनकपुरधाममा मसाल जुलुस निकाल्दा प्रहरीसँग झडप

११ पुष
जनकपुरधाम
– जनकपुरधाममा जनता समाजवादी पार्टी (जसपा)ले निकालेको मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गर्दा दुई पटक झडप भएको छ । जसपाले शनिबार संसद विघटनको विरोधमा रेल्वे स्टेशनबाट मसाल जुलुस निकालेको थियो ।

तर, प्रहरीले उक्त मसाल जुलुसलाई रोक्न खोजेपछि केहीबेर झडप भएको हो । साथै, प्रहरी पछि हटेपछि उक्त जुलुस भानुचोक, शिवचोक हुँदै जनक चोक पुगेको थियो ।

जनक चोक पुगेर कोणसभा चलिरहेको समयमा प्रदर्शनकारीहरुले आगो बालिएको मसाल प्रहरीतर्फ फ्याँकेपछि पुनः झडप भएको थियो । उक्त झडपमा प्रहरीले लाठीचार्ज गर्दा केही सामान्य घाइते समेत भएका बताइएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE