Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

एनसेलले ल्यायो ‘ननस्टप युट्युब’ अफरमा सस्ताेमा युछट्युब हेन सकिने

काठमाडौँ-एनसेलका सबै फोरजी ग्राहकले अब लोकप्रिय भिडियो स्ट्रिमिङ प्लेटफर्म युट्युबबाट भरपुर फाइदा लिन सक्नेछन् । भिडियो सामग्रीहरु हेर्दा धेरै डेटा खपत हुने र शुल्क पनि बढी लाग्ने चिन्ताबाट मुक्त हुँदै ग्राहकले युट्युबको प्रयोग गर्न सक्छन् । एनसेलको प्राइभेट लिमिटेडले आफ्नो नयाँ ‘प्लस’ थिमअन्तर्गत आफ्ना फोरजी ग्राहकका लागि आकर्षक ‘ननस्टप युट्युब’ अफर ल्याएको छ । एनसेलको ‘प्लस’ थिमले नवीन र विशेष सेवाहरुको साथ ग्राहकलाई हरेक पल जहाँ भए पनि सेवामा पहुँच सुनिश्चित गराउने उद्देश्य लिएको विज्ञप्तिमार्फत जनाएको छ ।
ग्राहकले ननस्टप युट्युब प्याक सुचारु गरेपछि हरेक दिन ५ सय मेगाबाईटको दरले ७ दिन सम्म मात्र २० रुपैयाँ (कर सहित मात्र २५रुपैयाँ ५३ पैँसा) मा ३ हजार ५ सय मेगाबाइट थप डेटा लिन सक्नेछन् । उक्त डेटा ग्राहकले फेसबुक चलाउनको लागि प्रयोग गर्न सक्नेछन् । त्यति नै शुल्कमा टिकटक चलाउन रुचाउने ग्राहकले पनि हरेक दिन ५ सय मेगाबाइटको दरले ७ दिन सम्म ३ हजार ५ सय मेगाबाइट थप डेटाको मजा लिन सक्नेछन् । आफ्नो आवश्यकताअनुसार ग्राहकले फेसबुक र टिकटकका लागि दुवै डेटा पनि लिन सक्नेछन् ।
‘प्लस’ थिम अन्तर्गतको ननस्टप युट्युब अफरमा ग्राहकले निश्चिन्त रुपमा मात्र रु १ सय (करसहित मात्र १ सय २७ रुपैया ६९ पैँसा) मा एक साताभरि ४ सय ८० पी मा युट्युब भिडियो सामाग्रीकोे मजा लिन सक्नेछन् । साथै यो अफरमा ग्राहकले ४ जिबी फोरजी अल टाइम अल नेटवर्क डेटाको पनि फाइदा लिन सक्नेछन् । फोरजी नेटवर्कमा ननस्टप युट्युब र ४ जिबी अल टाइम अल नेटवर्क डेटा सुचारु भएको दिनबाट ७ दिनको लागि मान्य रहनेछ । साथै यो प्याक सुचारु गर्ने ग्राहकले फेसबुक र टिकटकको लागि सुलभ दरमा छुट्टा छुट्टै प्याक पनि लिन सक्नेछन् ।

WRITE COMMENTS FOR THIS ARTICLE