Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

धादिङमा गुडिरहेको बसमा आगो लाग्यो

२६ असोज 
धादिङ – धादिङको थाक्रेमा गुडिरहेको बसमा आगो लागेको छ । इलाका प्रहरी कार्यालय गजुरीलेका अनुसार  बिहान तीन बजे थाक्रे गाउँपालिका-१ ढांडे सिम्लेमा ना ५ ख ६९० नम्बरको बसमा आगो लागेको हो ।

बसका चालक गोविन्द थापाले गुडिरहेको बेला अचानक आगो लागेको बताएका इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक भोजराज पाण्डेयले बताउनुभयो ।

बसमा लागेको आगो दमकलको सहयोगमा निभाइएको पनि उहाँले जानकारी दिनुभयो । आगो लागेको बसका अगाडी तथा पछाडिको भाग जलेको छ । आगो लाग्नुको कारण खुल्न नसकेको र थप अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE