मेलम्ची कहिले आउने थाहा छैन्, गायकलाई सम्मान गर्दै व्यस्त खानेपानी मन्त्री
सवाल सम्वाददाता
काठमाडौं– आइतबार राजधानीमा सम्मपन्न नेपाली सुगम संगीतका लोकप्रिय गायक स्व. अरुण थापा मगरको सम्झना गरी विशेष कार्यक्रम गरियो । कनेपाल मगर विद्यार्थी संघ र नेपाल मगर साँस्कृतिक संघ केन्द्रिय समितिले राजधानीको प्रज्ञा भवनमा स्व. थापाको २० औं स्मृति सभा तथा संगीत पुरस्कार वितरण समारोह आयोजना गरेको थियो ।

जहाँ पानी मन्त्री बिना मगर कार्यक्रमको प्रमुख अतिथि भएर जानु भएको थियो । मन्त्री मगरले गायिक पवित्रा घर्तीमगरलाई पुरस्कार सहित सम्मान गर्नुभयो । उक्त कार्यक्रममा सम्बोधन गर्दै खानेपानी मन्त्री मगरले अरुण थापा जस्तो लोकप्रिय गायकको सम्झना सबैले गर्नुपर्ने र गीत संगीतको क्षेत्रमा उहाँले दिनुभएको योगदानलाई राज्यले उचित कदर गर्नुपर्ने बताउनुभयो । उहाँले आफूपनि गायक अरुण थापाको गीतको ठूलो प्रशंसक भएको पनि स्पष्ट पार्नुभयो ।

फरक प्रसंगमा उहाँले राज्य व्यवस्था परिवर्तनमा मगर समुदायले गरेको त्याग र बलिदानीको उच्च प्रशंसा गर्न समेत भ्याउनु भयो । मन्त्री मगरले भन्नुभयो ‘मगर समुदायले राज्य व्यवस्था परिवर्तन गर्न बलिदान मात्रै दिन जानेको छैन, मगर समुदाय समृद्ध नेपाल निर्माणमा समेत सहयोग र साथ दिन सधैं तयार रहनुपर्छ ।’
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE