Date
बुध, बैशाख २, २०८३
Wed, April 15, 2026

आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ

आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ

२० असार, काठमाडौं– आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा बाँकेबाट एक जना पक्राउ परेका छन् ।

आफ्नै १७ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा खजुरा गाउँपालिका–२ केगाँउ बस्ने ४२ वर्षीय पुरुषलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

उनले आफ्नै छोरीलाई विगत ९ वर्षको उमेरदेखि नै पटकपटक जबरजस्ती करणी गर्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

गत बुधबार बिहान समेत जबरजस्ती करणी गरेको भन्ने सूचना पाएपछि प्रहरी चौकी राधापुर बाँकेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE