राकाथुम मावीमा बृहत शैक्षिक कार्यक्रम सम्पन्न, पालिकाकै उत्कृष्ट विद्यालय
२९ फागुन
काठमाडौँ – “हामी बनाउछौ नमुना हाम्रो विद्यालय” भन्ने मुल नाराका साथ फागुन २४ गते वडा शिक्षा समिति र वडा कार्यालय राकाथुमको सहयोगमा श्री मावी राकाथुमद्वारा बृहत शैक्षिक कार्यक्रम आयोजनामा सम्पन्न भएको छ
नारी दिवसको अबसर पारेर राकाथुम माविले शैक्षिक प्रोत्साहन कार्यक्रम गरेको हो । लामो समय विस्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९) नियन्त्रण गर्न नेपाल सरकारले गरेको लक्डाउनका कारण शैक्षिक क्षेत्र प्रत्यक्ष असर परेको छ । अधिकांश ग्रामीण भु-भागका सामुदायिक सरकारी विद्यालयको शैक्षिक गुणस्तरमा प्रभाव परेको छ ।
भुकम्प पछि ग्रामिन भु-भागमा विद्यालयलाई एसियाली बिकास बैंकको रिण सहयोग र नेपाल सरकारको आर्थिक सहयोगमा अत्याधुनिक शैक्षिक भवनहरु प्राप्त गरेको छ । पठन पाठनको लागि सुविधा सम्पन्न भवन प्राप्त भएता पनि शैक्षिक गुणस्तरमा भने खासै बृद्दि हुन सकेको छैन । पाठ्यक्रममा बिज्ञान र प्रविधि मैत्री शिक्षा सहितको अतिरिक्त क्रियाकालाप समावेस नगर्नु, विद्यालय राजनैतिक अखडा बनाउनु र सरोकारवाला निकायहरु नै जिम्मेवार नबन्नुले शैक्षिक गुणस्तर कमजोर भएको स्थानीय ब्याक्तिहरु बताउछन ।
यसै विच दुरदराजमा रहेको रामेछापको राकाथुम मावीलेले भने आफ्नो शैक्षिक गुणस्तरमा छुट्टै पहिचान बनाउदै आएको छ । रामेछाप जिल्लको खांडादेवि गाउपालिका वडा नं १ मा पर्ने राकाथुम मावि पालिका भित्रकै उत्कृष्ट विद्यालय बनेको छ ।
शैक्षिक क्षेत्रमा गुणस्तरिय शिक्षा दिन अब्बल रहेको राकाथुम मावीले पालिका स्तरीय उत्कृष्ट विषयगत शिक्षक , उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थी , विषयगत र तहगत सर्बोत्कृष्ट अंक प्राप्त गर्ने अधिकाश विद्यार्थीहरु राखाथुम मावी मा अध्यन गर्ने विद्यार्थी रहेको वडा अध्यक्ष विष्णु श्रेष्ठले जानकारी दिनु भयो ।
१११ अन्तराष्ट्रीय नारी दिवसको अवसर पारेर माविले शैक्षिक प्रोत्साहन कार्यक्रम को आयोजना गरि , वडा भित्रको अन्तर विधालय स्तरीय नित्य , हाजिरी जवाफ,वक्तित्वकला प्रतियोगिता आयोजना गरिएको थियो । कार्यक्रममा खांडादेवि गाउपालिका जेसिसले जेहेन्दार र अति विपन्न परिवारको विद्यार्थीहस्लाई झोला, कपि कलम सहितको शैक्षिक सामाग्री वितरण गरिएको थियो । वडा शिक्षा समिति र विद्यालयले आयोजना गरेको कार्यक्रममा प्रतिस्पर्धाका उत्कृष्ट विद्यार्थी , विषयगत उत्कृष्ट शिक्षक,शिक्षका ,कार्यलय सहयोगी र अन्य ब्यक्तिहरुलाई सम्मान गरिएका छन ।
प्रमुख अतिथि सांसद तारा नारायन श्रेष्ठले सम्भोधन गर्दै शिक्षण सिकाइ को तरिका राकाथुम मावि बाट सिक्नुपर्ने बताउनु भयो । निजि विधालय सो सरहको सामुदायिक विद्यालय राकाथुममा पहिलो पल्ट देखेको बताउनु भएको छ । गाउँपालिका अध्यक्ष प्रेम बहादुर तामाङ, उपाध्यक्ष मखमली श्रेष्ठ , वडाध्य्क्षहरु बिष्नु श्रेष्ठ , पुस्कर कार्की , इन्द्र कुमार लामा साथै शिक्षा समितिका संयोजक मिन थापा लगायतका उपस्थितमा कार्यक्रम सम्पन्न भएको वडा अध्यक्ष श्रेष्ठले बताउनु भयो ।
साथै गत शैक्षिक सत्र २०७६ मा खाडादेवी गाउँपालिकाले लिएको पालिका स्तरीय कक्षा ३,५ र ८ को परिक्षामा पनि राकाथुम मावीले आफ्नो स्थान अब्बल कायम गरेको श्रेष्ठले बताउनु भयो । यसै सन्दर्भमा पालिकाले प्रथम दोस्रो तेस्रो र चौथो हुने विद्यालय , विद्यार्थीहरु र विषयगत शिक्षकहरुलाई पनि पुरस्कृत गरिएको थियो।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE