पर्यटनमन्त्री आलेको निर्णय विरुद्ध सर्वोच्च पुग्यो होटल याक एण्ड यती
४ फागुन, काठमाडौं – सरकारले रोयल्टी नतिरेको भन्दै सेवा बन्दको निर्देशन रोक्न होटल याक एण्ड यतीले सर्वोच्च अदालतमा रिट दायर गरेको छ। होटलले क्यासिनोको स्वामित्व आफ्नो नरहेको जिकिर गर्दै होटल बन्द गर्न पर्यटन मन्त्रालयले गरेको निर्णय गैरकानुनी भएको जिकिर गरेको छ।
होटलका कानुनी सल्लाहकार रमन कर्णले होटल र क्यासिनो फरक फरक रहेको र निश्चित राजनीतिक उदेश्य राखेर होटल बन्द गराउन खोजेकोले सर्वोच्च गुहार्नु परेको बताए।
‘मन्त्रीस्तरीय निर्णयबाट होटल बन्द गर्ने अधिकार दिइएको छैन। होटलको नाममा गैरकानुनी तवरबाट रोयल्टी कायम गरिएको छ। त्यसैले त्यो निर्णय बदरको माग गरेका छौं,’ उनले भने। होटलले २०४८ सालमा क्यासिनो संचालनको अनुमति पाएको थियो। यो अनुमति पाएपनि होटल आफैंले क्यासिनो संचालन गरेको थिएन।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE