Date
शनि, फाल्गुन २२, २०७७
Sat, March 6, 2021

चालकले नैतिक धर्मलाई पनि नबिर्सौं, पैदल यात्रीले जिम्मेवार भएर हिडौं : प्रहरी निरीक्षक कार्की

काठमाडौँ उपत्यकामा सवारी साधनका चापका आधारमा सडक र चोकको उचित व्यवस्थापन जटिल बनिरहेको छ । सवारीसाधन दैनिक थपिने तर भएका सडक विस्तार, व्यवस्थापन र नयाँ सडक निर्माणको गतिमा आएको ढिलाइले अवस्था झन् कमजोर बन्दै गएको उपत्यकाको ट्राफिक व्यवस्थापन थप असहज बन्दै गइरहेका छन् । मापदण्डविपरीत रहेका ग्यारेज, पेट्रोलपम्प, वर्कशप, उचित पार्किङस्थलको अभाव, सचेतनाको अभाव, प्रविधिको प्रयोग हुन नसक्नु र विभिन्न निकायबीचको प्रभावकारी समन्वय र सहकार्यको अभाव हुनुलगायत कारणले पनि उपत्यकाको ट्राफिक व्यवस्थापनमा चुनौती थपिँदै आएको अध्ययनमा पाइएको छ । पछिल्लो समयमा ट्रफिक प्रहरीकै प्रयासमा भइरहेका संरचनामा आवश्यक व्यवस्थापन र प्रविधिमैत्री नहुँदा चोकहरुमा ट्राफिक व्यवस्थापन कठिन बनिरहेका बेला सवाल मिडियाका लागि महानगरीय प्रहरी प्रभाग कलंकीमा कार्यरत प्रहरी निरीक्षक पुरुषोत्तम कार्कीसंग मनिष रञ्जन बरालले गरेको कुराकानी।

कलंकी क्षेत्रमा ट्राफिक व्यवस्थापननिक्कै नै चुनौती छ भनिन्छ कसरी व्यवस्थापन भैइरहेको छ ?

अहिलेको अवस्थामा , कलंकीचोक, खसीबजार, मकालु, हुँदै नैकाप सम्म सम्पुर्ण ट्राफिक व्यवस्थापन गर्ने हेर्ने जिम्मा मेरो हुन्छ र यो उपत्यका भित्रिने मुख्यचोक हो र यो चोकलाई हेर्दा काठ्मान्डौंमा रहेका धेरै चोकहरु मध्येकै फरक चोक हो ।

किन फरक चोक हो भनें यहाँ ठुला ठुला १८ चक्के २२ चक्के गाडीदेखि लिएर ठुला ठूला क्रेनदेखि लिएर साना साना मोटरसाईकल साईकल हिड्ने यो चोक हो र धेरैजसो पैदलयात्रीहरुलाई ढिलाहुने त्यस्तै भीड हुने चोक पनि हो  । यस्लाई व्यवस्थापन गर्नको लागि हामीले सकेसम्म बढी भन्दा बढी जनशक्ति परिचालन गरेर विभिन्न यो ६ ओटा चोकहरुमा ट्राफिक राखेर पैदलयात्रुहरुलाई चै ब्लग गरेर एक किसिमले गाडी स्लो गराउछौँ त्यसपछि एउटा चोक बन्द भएपछी त्यहाँका पैदलयात्रुहरुलाई प्राथमिकता दिन्छौँ र अर्को चोक फेरि खुलाउछौं र त्यो गर्नुभन्दा पहिला हामीले ट्राफिक आवागमनमा बाधाहुने किसिमका( जस्तै, फुटपाथका सामानहरु,जथाभावी पार्किङ्गहरु ,जता ततै पीक ड्रभ गर्ने किसिमका सवारीहरुलाई सर्वप्रथम हटाउछौँ त्यसपछि मात्र ६ ओटा चोकहरुमा ट्राफिक राखेर काम गर्दा अलिकति सहज र छिटो हुन्छ ।

त्यस्तै जामहुने मुख्य कारण केहो तरु त्यस्लाई मध्यनजर गर्दै मिलाउछौँ र अहिले सम्म ट्राफिक व्यवस्थापन गर्नकोलागी हामी सफल भएकाछौं  कतैबाट पनि कुनै त्यस्ताप्रकारका आलोचनाहरु सिर्जना भएका छैनन् र यहाँका स्थानिय,बुद्धिजीवी,व्यवसायिहरु र पैदलयात्रुहरुपनी हामीसंग र हामीले गरेका कार्यसंग,हामिले गरेको व्यवस्था र आइडियासंग खुसीनै भएको महसुस गरेको छु ।

कलंकी चोकलाई त एक नाका समान नै हेरिन्छ नि ? जस्ले गर्दा अन्य चोकभन्दा चुनौती बढि हो ?     

यो चोकलाई नाकाकै रुपमा हेरिन्छ । नाका मात्रै होइन यस क्षेत्रका बढी दुर्घटना सम्भाव्य क्षेत्रको रुपमा पनि लिइने गरिन्छ । अब, यस्तो चोकमा चुनौती हुने नै भयो  । यस ठाँउमा समस्या, एकातिर हामीले पैदलयात्रुहरुलाई ब्लग गरेर गाडी खुलाउछौं यता पैदलयात्रुहरु झन्झट मान्छन् उनिहरुले १ मिनेट देखि २, ३ मिनेट पर्खनुपर्ने हुन्छ र उनीहरुले झन्झटमान्नुपर्ने अवस्था छ  । त्यस्तै ठुला ठूला मालवाहक ट्रकहरु चलिरहेको अवस्थामा पछाडि आईरहेका साना साना मोटरसाईकल लगायत अन्य साधनहरुले छोईदिन सक्ने अवस्थाहरु प्नि छन् । दुर्घटना बढिहुने अवस्था पनि हुन्छन् र अर्को कुरा यहाँ (फ्लाई ओभर) छैन त्यस्तै आकाशे पुल नभएका कारणले त्यस्ता चुनौतीहरु छन् भने यो चोकमा ट्राफिक लाईट नभएका कारणले धेरैजसो जनशक्ति प्रयोग गर्नुपरेको छ ।

चुनौतिहरुको मध्यनजर गर्दै कयौं पैदलयात्रुहरुलाई त कतिबेला बाटो काट्नुहुन्छ कतिबेला काट्नुहुँदैन भनेर ज्ञान पनि नहुन सक्छ (समग्रमा बाटो काट्दा,गाडी चलाउँदा बिशेष  गरि ध्यानदिनुपर्ने कुराहरु के के छन् छोटकरीमा बताईदिनुहोस्  न ?

मैले बिशेषगरि ध्यानदिनुपर्नेमा पैदल यात्रुहरुलाई र सवारी चालकहरुलाई पनि के भन्न चाहन्छु भने ( कृपया एकले अर्कालाई केही समय पर्खने बानी बसालौं यहाँ हाम्रो नजरमा कसैले कसैलाई पर्खेको देखिंदैन । उ पहिला अगाडि जाने कि म अगाडि जाने भन्ने जुन प्रतिस्पर्धा हुन्छ त्यसले गर्दाखेरी दुर्घटनाहुने मौका धेरै हुन्छ । पैदल यात्रुहरुले बाटो काट्नुपर्दा समुहमा बाटो काट्ने गरौं । जेब्राक्रसिङ्गबाट होस वा जेब्रा क्रसिङ्ग नभएका ठाउँहरुबाट बाटो काट्नुपर्ने अवस्था सिर्जना भएमा समुहमा बाटो काटौं, एक्लै बाटो नकाटौं समुहमा बाटो काट्नाले टाढाबाट आउदैगरेका साधनहरु टाढै रोक्ने गर्छ र यस्ले बाटो काट्नमा अझै मद्धत पुर्याउछ भने यता सवारी चालकहरुले पनि  केही समय निकालेर भएपनी पैदलयात्रुहरुलाई पनि प्राथमिकता दिने बानी बसालौं त्यस्तै विशेष गरेर मोटरसाईकल चालकहरुलाई पनि अनुरोध गर्दछु । किनकी ठुला साधनहरु प्राय रोक्ने गर्दछन् भने साना साधनहरुले यात्रु छलेर हिड्ने गर्दछन् । त्यसकारण पैदलयात्रुहरुलाई प्राथमिकता दिऊ र  सडकमा खेलाची नगरौं यहाँ हरेको चालकहरुले कुनैपनी अवस्थामा प्रतिस्पर्धाको भावना राखेर नहिडौं भनेर उहाँहरुलाई आग्रह गर्दछु।

अत्यमा छौं हामीसंग समय निकै कम भएका कारण आफुलाई भन्न मनलागेका र छुटेका केही कुराहरुछन् भने  भनिदिनुहोस् ?  

विशेष गरि पैदल यात्रुहरु र सवारी चालकहरुलाई ट्रफिक नियमहरु  प्राय सबैलाई नै थाह छ कहाँ बाटो काट्ने कहाँ नकाट्ने कुन (वे) बाट आफू आउने या न आउने र मलाई लाग्छ ट्राफिक इसाराहरु सबैले बुझ्नुहुन्छ बुझ्दा बुझ्दैपनि त्यसको उल्लंघन नगरौं । कारवाही नै समाधान हैन र सबै गल्तिहरुलाई कारवाहीले  मात्रै सबैकुराको समाधान गर्न सक्दैन ।  चालक भएपछी आफ्नो नैतिक धर्मलाई पनि नबिर्सौं । बाटोमा हिड्दाखेरी आफू जिम्मेवार भएर हिडौं त्यसो गरेमा मलाई लाग्छ दुर्घटनापनि कम हुन्छ र सबैलाई सहज हुन्छ ।

 

WRITE COMMENTS FOR THIS ARTICLE