कारोवार रकममा नयाँ रेकर्ड बनाउँदै नेप्से ३ हजार विन्दु नजिक
कारोवार रकममा नयाँ रेकर्ड बनाउँदै नेप्से ३ हजार विन्दु नजिक
३० जेठ, काठमाडौं– सेयर कारोबार परिसूचक नेप्सेले आज फेरी कारोवार रकममा नयाँ रेकर्ड बनाएको छ । आज नेप्सेमा कुल १९ अर्ब ५५ करोड १ लाख ६६ हजार ६ सय ३६ रुपैयाँको कारोवार हुँदै नयाँ रेकर्ड कायम भएको हो ।
धितोपत्र कारोवार हुने सातको पहिलो दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ३८ दशमलव ३२ अंकले वृद्धि भएर २ हजार ९ सय ८३ दशमलव ११ अंकमा पुगेको छ ।
आज नेप्सेमा सूचीकृत २ सय २० कम्पनीको ३ करोड ७० लाख ७६ हजार ४३९ कित्ता सेयर खरिदबिक्री भएको छ ।
यस्तै आज कमाउनेमा लगानी, उत्पादन, जलविद्युत, विकास बैंक, होटल र पर्यटन तथा वाणिज्य बैंकको रहेका छन् भने अन्य बाँकी समूहको खासै कमाउन सकेनन् ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE