जसपा आज औपचारिक रुपमा विभाजन हुँदै
१३ जेठ, काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले नयां पार्टी दर्ता गर्ने भएका छन् । ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले आज निर्वाचन आयोगमा गएर राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) दर्ता गर्ने भएका हुन ।
जसपाको कार्यकारिणी समितीमा उपेन्द्र यादव पक्षको बहुमत भएपछि ठाकुरले पुरानै पार्टीलाई ब्युउताउने भएका छन् । जसपाको ५० सदस्यिय कार्यकारिणीमा २१ जना मात्र ठाकुरको पक्षमा छन् भने बांकी २९ सदस्य यादवको पक्षमा छन् । तर,संसदिय दलमा भने बहुमत सदस्य ठाकुरको पक्षमा उभिएका थिए । ३२ जना सांसदमध्ये ठाकुरको पक्षमा १९ र यादवको पक्ष्ँमा १३ जना सांसद उभिएका थिए ।
राजपाको चुनाव चिन्ह भने हातको पंजा हुने भएको छ । ठाकुर निकट स्रोतले दिएको जानकारीअनुसार राजपा बुधवार नै दर्ता गर्ने तयारी भएपनि सार्वजनिक विदा भएको कारण रोकिएको थियो ।
जसपाको केन्द्रिय कार्यकारिणीमा बहुमत जुटाउनको लागी अशोक राई र इस्तियाक राई लगायतका नेताहरुसंग ठाकुरले निरन्तर छलफल गरेपनि प्रयास असफल भएपछि नयां पार्टी दर्ता गर्ने निष्कर्शमा ठाकुर पक्ष पुगेको हो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE