Date
आइत, चैत्र २९, २०८२
Sun, April 12, 2026

अहिले पार्टीमा पद पाइएन भनेर रुने, कराउने र भाग्नेको जमात बढ्यो : प्रचण्ड

२ चैत्र, काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीका नेता कार्यकर्तामाहिजो युद्धको समयमा शहादत दिनका लागि तँछाडमछाड गर्दै झगडा गर्नेहरू नै आज पदका लागि मरिहत्ते गर्ने अवस्थामा पुगेको बताएका छन् ।

काठमाडौँमा आयोजित पार्टीको आन्तरिक प्रशिक्षणमा आक्रोशित भावमा बोल्दै प्रचण्डले पद पाइएन भनेर रुने, कराउने र भाग्नेको जमात बढेको बताएका हुन् ।
‘पार्टीभित्र अराजकता, गुटबन्दी, पदलोलुपता बढ्दो छ । यही पार्टी हो जहाँ युद्धको समयमा शहादत दिन जान पाइएन भनेर झगडा गर्नेको जमात हुन्थ्यो । अहिले पद पाइएन भनेर रुने, कराउने र भाग्नेको जमात भयो ।’

संगठनको स्थिति र नेता कार्यकर्ताको वैचारिक स्तर तथा आचरण हेर्दा दिनप्रतिदिन कम्युनिस्ट आन्दोलनबाट विचलनतर्फ गएको महसुस भएको प्रचण्डको गुनासो थियो ।

क्रान्तिकारी पार्टी निर्माण र रूपान्तरणको प्रक्रिया सुरु भएको भनिए भनिएपनि वास्तवमा त्यस्तो हुन नसकेको प्रचण्डको भनाइ थियो ।

सुरुमा चिनियाँ कम्युनिस्ट पार्टीमा पनि यस्तो समस्या देखिएको उल्लेख गर्दै प्रचण्डले पछि माओले फरक ढङ्गले क्रान्तिलाई अगाडि बढाउँदा सफलता मिलेको र माओवादी पनि सच्चिन जरुरी रहेको धारणा राखे ।

WRITE COMMENTS FOR THIS ARTICLE