Date
शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

बाँकेमा थप दुई सङ्क्रमितको अस्पतालमै मृत्यु

२२ वैशाख, बाँके – बाँकेमा उपचारका लागि भर्ना भएका थप दुई कोरोना सङ्क्रमितको अस्पतालमै मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–४ निवासी ६० वर्षीय पुरुष र डुडुवा गाउँपालिका–५ बाँके निवासी २७ वर्षीय पुरुषको उपचारका क्रममा अस्पतालमै मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार यही वैशाख १० गते भेरी अस्पताल नेपालगञ्जमा भर्ना हुनुभएका ६० वर्षीय पुरुषको गए राति ११:४५ बजे मृत्यु भएको थियो भने वैशाख १५ गते शिक्षण अस्पताल कोहलपुरमा भर्ना हुनुभएका २७ वर्षीय पुरुषको आज बिहान ४ः४० बजे मृत्यु भएको हो ।

बिरामीको रोगको प्रकृतिअनुसार उपचार गर्दागर्दै पनि स्वास्थ्य अवस्थामा सुधार नआई उहाँहरुको अस्पतालमै मृत्यु भएको हो । मृतकको शव व्यवस्थापनका लागि जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र र नेपाली सेनाले परिवारसँगको समन्वयमा तयारी गरिरहेको स्रोत व्यक्ति वलीले बताउनुभयो । यससँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १४५ पुगेको छ ।

 

WRITE COMMENTS FOR THIS ARTICLE