भारतमा कोरोना संक्रमण: २४ घण्टामा १८ हजार संक्रमित, ९७ जनाको मृत्यु
२४ फागुन
काठमाडौँ – भारतमा पछिल्लो २४ घण्टामा १८ हजारभन्दा बढी नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार भारतमा १८ हजार पाँच सय ९९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
यस्तै आइतबार नै ९७ जना कोरोना संक्रमितको मृत्यु भएको पनि स्वास्थ्य मन्त्रालय जनाएको छ । त्यस्तै, १४ हजार दुई सय ७८ संक्रमित निको भई घर फर्केका छन् ।
भारतमा एक लाख ८८ हजार ७ सय ४७ सक्रिय संक्रमित छन् भने एक लाख ५७ हजार ८ सय ५३ संक्रिमितको मृत्यु भएको छ ।
भारतमा हालसम्म एक करोड १२ लाख २९ हजार तीन सय ९८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ, त्यसमध्ये एक करोड आठ लाख ८२ हजार ७ सय ९८ जना निको भइसकेको स्वास्थ्य मन्त्रलायले जनाएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE