Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

युरोकपः आज तीन खेल हुँदै, स्वीट्जरल्याण्ड र इटालीबीच हुने खेलमा दर्शकको आँखा

युरोकपः आज तीन खेल हुँदै, स्वीट्जरल्याण्ड र इटालीबीच हुने खेलमा दर्शकको आँखा

२ असार, काठमाडौं– जारी युरोकपको १६ औँ संस्करणमा आज तीन खेल हुँदैछन् ।

आज हुने पहिलो खेलमा फिनल्यान्ड र रसिया भिड्दैछन् । नेपाली समयअनुसार यो खेल साँझ ६ः४५ बजे सुरु हुँदैछ । यो खेल रसियाको सेन्ट पिटर्सवर्ग मैदानमा हुनेछ ।

पहिलो खेलमा पराजय बेहोरेको रसिया आजको खेलमा नवप्रवेशी फिनल्यान्डमाथि जित निकाल्ने दाउमा हुनेछ भने पहिलो खेलमा जित दर्ता गरेको फिनल्यान्ड पनि उच्च मनोवलका साथ मैदान उत्रनेछ ।

यस्तै आजै हुने दोस्रो खेलमा राति ९ः४५ बजे हुने टर्की र वेल्सबीच आमनेसामने हुँदैछन् । यो खेल आजरबैजानको बाकुमा हुनेछ।

इटालीसँग ३–० को पराजय बेहोरेको टर्की अंक जोड्ने कोशिसमा हुनेछ । यस्तै बराबरी खेलेको स्वीट्जरल्याण्डसँग बराबरी खेलेको वेल्सले पनि अंक जोड्न खोज्नेछ ।

यसैगरी समूह एु बाटै हुने अर्को खेलमा राति १२ः४५ बजेदेखि इटाली र स्विट्जरल्यान्डले प्रतिस्पर्धा गदैछन् । यो खेल इटालीको रोममा हुनेछ।

पहिलो खेलमा जित निकालेको इटाली दोस्रो जित निकोको इटाली अन्तिम १६ मा आफ्नो यात्रा बलियो बनाउन चाहन्छ। स्वीट्जरल्यान्ड पनि यो खेलमा अंक जोड्नका लागि प्रतिस्पर्धा गर्नेछ । आजको अन्तिम खेललाई दर्शकले निकै चासोपूर्वक हेरेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE