Date
बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

कर्णाली नदीमा नुहाउने क्रममा २ बालबालिका बेपत्ता

९ साउन, काठमाडौँ – बर्दियाको कर्णाली नदीमा नुहाउन गएका २ जना बालबालिका बेपत्ता भएका छन् ।

गेरुवा गाउँपालिका-६ का १२ वर्षीय सन्दीप विक र उनकी आठ वर्षीया बहिनी दिलमाया विक कर्णाली नदीको सैजना घाटमा नुहाउने क्रममा बेपत्ता भएका इलाका प्रहरी कार्यालयका पाताभारले जनाएको छ ।

शुक्रवार दिउँसो घरबाट खेल्न जान्छु भनेर गएका दाजुबहिनी नुहाउने क्रममा बेपत्ता भएको खबर आए लगत्तै खोजी सुरु गरिएको इप्रका पाताभारले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE