Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

रामेछाप बस दुर्घटना : ११ जनाको उद्धार, ५ जनाको अवस्था चिन्ताजनक

काठमाडौं । काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकली लागि छुटेको बस तामाकोशी नदीमा खसेको छ ।

दुर्घटनास्थबाट ११ जनालाई उद्धार गरेर अस्पताल पठाइएको छ । उद्धार गरिएका मध्ये पाँच जनाको अवस्था चिन्ताजनक छ । उनीहरु बेहोस अवस्थामा रहेको रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए ।

उद्धार गरिएका बिरामीहरुलाई मन्थली र फुर्कोट अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

रामेछापको मचानेटार भन्ने ठाउँबाट प्रदेश ३-०१-९९५ ख ९९७५ नम्बरको बस तामाकोशीमा खसेको प्रहरीले बताएको छ । बसमा कति यात्रु सवार थिए भन्ने यकिन भइसकेको छैन ।

 

 

 

उद्धारका लागि नेपाल प्रहरीको टोली खटिएको छ । सशस्त्र प्रहरी बलको टोली पनि उद्धारका लागि घटनास्थलतर्फ जाँदै गरेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE