संवैधानिक इजलासमै न्यायाधीश थप गर्न एमिकस क्युरीको राय
२ माघ
काठमाडौं – प्रतिनिधिसभा विघटनको मुद्दाको सुनुवाइ गरिरहेको संवैधानिक इजलासमै न्यायाधीश थप गर्न नेपाल बार एशोसिएसनको एमिकस क्युरीका एक सदस्यले राय दिएका छन् ।
प्रतिनिधिसभा विघटनको विरुद्धमा परेका १३ वटा रिट प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरा, न्यायायीशहरु सपना मल्ल प्रधान, तेजबहादुर केसी, विश्वम्भरप्रसाद श्रेष्ठ र अनिलकुमार सिन्हाको संवैधानिक इजलासमा आज पनि बहस सुरु भएको छ ।
गत बुधबार रिट निवेदकका कानून व्यवसायीहरुले बृहत् पूर्ण इजलासबाट विवाद टुंगो लगाउनुपर्ने माग दोहो¥याएका थिए, भने सरकार पक्षका कानून व्यवसायीले संवैधानिक इजलास गठन भइसकेको अवस्थामा बृहतमा लैजान नमिल्ने दाबी गरिरहेका छन् ।
यसैबीच बारका एमिकस क्युरीमा रहेका वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले भने संवैधानिक इजलासमै न्यायाधीश थप गर्नुपर्ने बताएका हुन् ।
संविधानले प्रधानन्यायाधीश र चार न्यायाधीश रहने भनेको न्यूनतम भएको बताउँदै उनले मुद्दाको अवस्था र गम्भीरता हेरेर थप गर्न सकिने बताए । यसरी न्यायाधीश थप गर्दा संविधान उल्लंघन भएको नमानिने अधिवक्ता कार्कीको भनाइ छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE