खड्गप्रसादको कुम्भमेला निभ्ने बेलाको बत्ती हो : बाबुराम
१६ असोज, काठमाडौं –जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबारे कडा गर्नुभएको छ ।
उहाँले हिजोदेखि सुरु भएको एमालेको विधान महाधिवेशनमा अध्यक्ष ओलीको ठूला ठूलो पोष्टर राखिएको तस्विर सेयर गर्दै ‘खड्गप्रसादको कुम्भमेला निभ्ने बेलाको बत्ती हो’ भन्नुभएको छ ।
सामाजिक सञ्जाल ट्विटरमार्फत उहाँले लेख्नुभएको छ –‘खड्गप्रसादको कुम्भमेला निभ्ने बेलाको बत्ती हो। लूटको धन फुपूको श्राद्ध गरेर सोझा जनतालाई केही समय भ्रममा पार्न सकिएला तर अन्तमा देशले ठुलो मूल्य चुकाउनुपर्नेछ। नक्कली राष्ट्रवाद,नृजातीय अहंकारवाद,पपुलिज्म र व्यक्तिपूजाको ककटेलले अन्त: स्टालिन,हिटलर र फासीवाद जन्माउने हो।चेतना भया !”

RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE