Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

मौसम : बेलुकी केही ठाउँमा पानी पर्ने सम्भावना

१० वैशाख, काठमाडौं – आज देशका धेरैजसो स्थानको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। स्थानीय वायु र पश्चिमी वायुसँगै भित्रिएको जलवाष्पयुक्त वायुका कारण हिजो देशभर बदली भए पनि आज मौसम सुधारिने विभागले जननाएको छ ।

प्रि-मनसुनको असरले पश्चिमी भेगमा बेलुकीपख हावाहुरी, मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको भने सम्भावना रहेको पोखरेलले बताइन्। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका केही पहाडी भू(भागमा मेघगर्जन‚ चट्याङ‚ हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

काठमाडौं उपत्यकामा पनि बेलुकीपख हल्का पानी पर्ने सम्भावना छ। उपत्यकाको न्यूनतम तापक्रम आज बिहान १३ दशमलब ८ डिग्री सेल्सियस मापन भएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE