Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026

संगठन निर्माणका लागि माओवादीले बनायो कार्यदल

२८ फागुन
काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले संगठन निर्माणको योजनालाई ठोस रुप दिन ४ सदस्यीय कार्यदल गठन गरेको छ ।

बुधबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकले संगठन निर्माणको योजनालाई ठोस रुप दिई प्रतिवेदन पेश गर्नका लागि चार सदस्यीय कार्यदल गठन गरेको हो ।

कार्यदलमा स्थायी कमिटी सदस्यहरु गिरिराजमणि पोखरेल, वर्षमान पुन, पम्फा भुषाल र जर्नादन शर्मा रहेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनु भयो । बैठकमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग भएको वार्ताको सम्बन्धमा जानकारी गराउनु भएको प्रवक्ता श्रेष्ठले जानकारी गराउनु भयो ।

 

WRITE COMMENTS FOR THIS ARTICLE