सञ्चाकर्मी रवि लामिछाने दम्पतीलाई कोरोना पुष्टि
१३ कात्तिक
काठमाडौं – चर्चित टेलिभिजनकर्मी रवि लामेछानेलाई कोरोना संक्रमण भएको छ । लामिछानेले मंगलबार रातिबाट हल्का ज्वरो आएपछि पिसिआर परीक्षण गर्दा आफू र निकिता दुवैलाई कोरोना पोजेटिभ देखिएको कोरोना संक्रमण देखिएको फेसबुकमार्फत् विहीबार बिहान जानकारी दिएका छन् ।
‘हामी दुवैको स्वास्थ्य सामान्य छ,’ उनले भनेका छन्, ‘केही पेशागत क्रियाकलपाले र केही आफ्नै लापरबाहीले संक्रमण भएको हुनसक्दछ ।’
घरमा आफ्नो दम्पत्ति मात्र रहेकोले धेरै समस्या नरहेको उनले बताएका छन् । उनको आग्रह छ, ‘घरमा हामी दुई मात्र छौं । त्यसैले धेरै समस्या छैन र तर घरमा वृद्ध अवस्थाका सदस्यहरु हुनेले चाहिँ विल्कुल लापरबाही नगरौं ।’

RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE